Wednesday, May 28, 2008

जय गणतन्त्र नेपाल....

धेरै पर्खाईका बाबजुद हिजो २०६५-०२-१५ का दिन २४० बर्ष पुरानो राजतन्त्रको अन्त्य भएको छ र नेपाल संघीय गणतन्त्रको नया मुलुक मा परिणत भएको छ। शंबिधानसभाको चुनावपनि होला कि नहोला भन्ने पिर एकातिर थियो भने भयो भने त्यसको परिणाम कस्तो आऊला अर्को शंका। तर जसरी भए पनि शंबिधानसभाको चुनाव सकीयो र गणतन्त्रबादिहरुको जीत भएको छ।
जम्मा ५६४ जना सभासदहरुले मत हालेको हिजोको मतमा, ५६० जना सभासदले संघीय गणतन्त्रको साथ दिएका थिए, जसअनुसार नेपाललाई संघीय गणतन्त्रको नया मुलुक मा परिणत गर्न सजिलो भएको हो। अब नेपालले कसरी अगाडी बढ्ने हो त्यो त हेर्नै बाकि छ, तरपनि जन चाहना अनुसार नेपाललाई नेताहरुले लैजालानभन्ने सबैको चाहना छ। भ्रष्टाचारले जगटिएको कर्मचारितन्त्र, कुर्शिकोलागी नेताहरुको खिचातानी, अपराधमा दण्डहिनता, न्यायप्रणालीमा लापर्बाहि, बेरोजगारिता, गरिबी, आदि मुख्य शमस्याहरु यो देशले भोग्दै आएका भोगाईहरु हुन। यि समस्याका निराकरण सभाशदहरुले अस्ति खाएको शपथको अछरस पालना गर्ने हो भने कत्ति पनि टाढा छैन। तर देशका सभासदहरु गध्दारभए भने यो गणतन्त्रले देशलाई सोमालिया, कोंगो जस्ता गृहयुद्धमा धकेलिने छ अनि आज सम्म टिक्न सफल युवाले पलायन हुनु पर्ने छ या आत्महत्या गर्नु पर्ने छ। अनि देश बुध्दको शान्ति को देशहैन महाभारतको रणभुमि जस्तो कहालिलाग्दो हुने छ।
जे होस् नया संघीय गणतन्त्र नेपालको पाईलामा हाम्रो साथ संधै रहने छ, हामी सबैलाई बधाई छ, आज देशले नया मोड बाट पार भएको छ। अब बिकाशको मुल फुट्ने छ। गरिबी हट्ने छ, शान्ति छाऊने छ। जय गणतन्त्र नेपाल।।।

Nepal - now Federal Democratic Republic Country

KATHMANDU, May 28 - Nepal is now transformed to federal democratic republic country. To loud cheers and resounding handclaps, the first sitting of the Constituent Assembly (CA) unanimously declared the country a republic today at late night.

The much-anticipated meeting took the decision late on Wednesday night after a nearly ten-and-a-half-hour delay, effectively ending the 240-year-old institution of monarchy and making the king an ordinary citizen.

Out of a total 564 votes, the proposal garnered 560 votes in its favour, while only four votes were cast against the proposal.

The Nepal government will control and manage the Narayanhiti palace(King's palace) which has now become a national property and has given 15 days warning to King Gyanendra to leave the palace.

Best wishes for New Nepal

Tuesday, May 20, 2008

मेरो राष्ट्र मेरो नेपाल....

एउटै मेरो सहारा मेरो राष्ट्र मेरो नेपाल

कति मैले दु:ख गरेँ बिदेशीको माटोमा
तर ठुला खोल्सा रैछन् आँफु हिड्ने बाटोमा।
एउटै मेरो सहारा मेरो राष्ट्र मेरो नेपाल

पसिनाको भेल बग्यो बिदेशीको जरामा
आफ्नो एता चिरा पर्यो धान फल्ने गरामा
एउटै मेरो सहारा मेरो राष्ट्र मेरो नेपाल

ठुला ठुला महल बनाए बिदेशीका शहरमा
आफ्नो घर त भत्किएछ महल बन्ने रहरमा
एउटै मेरो सहारा मेरो राष्ट्र मेरो नेपाल

कति साथी अपाङ्ग भए कतिको त ज्यानै गयो
सबैले देश छाड्दा आज देश टुहुरो भयो।
एउटै मेरो सहारा मेरो राष्ट्र मेरो नेपाल

देश मलाई बोलाउँदछ जान्छु अब आफ्नै देशमा
बाँच्छु अब जति बाँच्छु आफ्नै नेपालीको भेषमा
एउटै मेरो सहारा मेरो राष्ट्र मेरो नेपाल

Happy 2552th Buddha Jayanti


Happy 2552th Buddha Jayanti!
Worshipers decorate the main dome of the massive Buddha Stupa in Maha Bouddha, Kathmandu to mark the 2552nd Buddha. There was also photo exhibition related to Buddha of different places like (Bouddhanath, Swayambhau, Bhaktapur etc). Lord Buddha who is the founder of Buddhist religion was born as a royal prince in 624 BC in a place called Lumbini, Nepal. His mother’s name was Queen Mayadevi and his father’s name was King Shuddhodana. Lord Buddha's actual name was "Siddhartha Gautam". Some people believe that Buddha was born in India, which is totally wrong. Some photos of Maha Bauddha, Kathmandu, Nepal can be found below:


Let us hope peace and stability in our country. Jai Nepal!
Adipti
www.adipti.com.np

Thursday, May 15, 2008

प्रजातन्त्रपछिको मेरो नेपाल।।।।

अन्जान शर्मा


निचोरेको कागति जस्तो
थेचारिएको नानी जस्तो
ददारिएको घाऊ जस्तो
गरिबको नाऊ जस्तो
च्यातिएको लुगा जस्तो
खान नपाको सुगा जस्तो
ग्राहक नभेटेको व्यापारी जस्तो
जज्मान नभेटेको पुजारी जस्तो
गोली नभएको वन्दुक जस्तो
सामान नभएको सन्दुक जस्तो
गृहकार्य नगरेको विधार्थी जस्तो
देश छाडेको शरणार्थी जस्तो
दिँऊसोको जुन जस्तो
हराएको सुन जस्तो
रेगिस्तानको मरुभुमि जस्तो
महाभारतको रणभुमि जस्तो
प्रजातन्त्रपछिको मेरो नेपाल।।।।

Sunday, May 4, 2008

Saturday as Weekend in Nepal

In Nepal, "Saturday" is considered as weekend. Most of the countries in the world have "Sunday" as weekend. Though to the whole world, its quite strange that Sunday is not a weekend, we nepali don't feel any strange. We are used to with it. We enjoy our Saturday :)
In Arabaic Countries, "Friday" is considered as weekend.