अट्टहासको हांसो अस्पस्ट थियो
गर्जदाको बादल आकाशमा
नरमाईलौ अमिलो लाग्दो थियो
सिरेटो चलेको चिसो जाडोमा
दम्भ थियो जस्तो लाग्थ्यो,
क्रुररताको पराकाष्ठा थिएन
एक निर्दयी सिकारिले
छोडेको गोली लागेर
फत्र फत्र गर्दै छटपटाइरहेको
त्यो निरिह चरा जस्तो
पिडाको सिमा थिएन
कसैले मुखमा अट्ठ्याएजस्तो
हात गोडा बांधेर,
चुप्पिले घांटी रेट्दै छकी जस्तो
मान्छे भएर पनि कति कठोर
धिक्कार्दे गर्दा मेरो मनले
तनावमा अत्तालिएको मन
फुस्केलाकि सास भन्दै
छट्पटाईरहेको रहन्छन् आजभोलि
नेपालका नेपालीहरु