Wednesday, May 28, 2008

जय गणतन्त्र नेपाल....

धेरै पर्खाईका बाबजुद हिजो २०६५-०२-१५ का दिन २४० बर्ष पुरानो राजतन्त्रको अन्त्य भएको छ र नेपाल संघीय गणतन्त्रको नया मुलुक मा परिणत भएको छ। शंबिधानसभाको चुनावपनि होला कि नहोला भन्ने पिर एकातिर थियो भने भयो भने त्यसको परिणाम कस्तो आऊला अर्को शंका। तर जसरी भए पनि शंबिधानसभाको चुनाव सकीयो र गणतन्त्रबादिहरुको जीत भएको छ।
जम्मा ५६४ जना सभासदहरुले मत हालेको हिजोको मतमा, ५६० जना सभासदले संघीय गणतन्त्रको साथ दिएका थिए, जसअनुसार नेपाललाई संघीय गणतन्त्रको नया मुलुक मा परिणत गर्न सजिलो भएको हो। अब नेपालले कसरी अगाडी बढ्ने हो त्यो त हेर्नै बाकि छ, तरपनि जन चाहना अनुसार नेपाललाई नेताहरुले लैजालानभन्ने सबैको चाहना छ। भ्रष्टाचारले जगटिएको कर्मचारितन्त्र, कुर्शिकोलागी नेताहरुको खिचातानी, अपराधमा दण्डहिनता, न्यायप्रणालीमा लापर्बाहि, बेरोजगारिता, गरिबी, आदि मुख्य शमस्याहरु यो देशले भोग्दै आएका भोगाईहरु हुन। यि समस्याका निराकरण सभाशदहरुले अस्ति खाएको शपथको अछरस पालना गर्ने हो भने कत्ति पनि टाढा छैन। तर देशका सभासदहरु गध्दारभए भने यो गणतन्त्रले देशलाई सोमालिया, कोंगो जस्ता गृहयुद्धमा धकेलिने छ अनि आज सम्म टिक्न सफल युवाले पलायन हुनु पर्ने छ या आत्महत्या गर्नु पर्ने छ। अनि देश बुध्दको शान्ति को देशहैन महाभारतको रणभुमि जस्तो कहालिलाग्दो हुने छ।
जे होस् नया संघीय गणतन्त्र नेपालको पाईलामा हाम्रो साथ संधै रहने छ, हामी सबैलाई बधाई छ, आज देशले नया मोड बाट पार भएको छ। अब बिकाशको मुल फुट्ने छ। गरिबी हट्ने छ, शान्ति छाऊने छ। जय गणतन्त्र नेपाल।।।

1 comment:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।